नियम
आयोगले बैठक सम्बन्धी कार्यविधि

(१) आयोगको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) आयोगको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा आयोगको बैठकमा उपस्थित सदस्यहरूले आफू मध्येबाट छानेको व्यक्तिले आयोगले बैठकको अध्यक्षता गर्नेछ ।
(३) आयोगको कुल सदस्य संख्या मध्ये तीन–चौंथाई सदस्य उपस्थित भएमा आयोगको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) आयोगको बैठकमा उपस्थित सदस्यहरूको बहुमतको रायलाई आयोगको निर्णय मानिनेछ ।
(५) आयोगको निर्णय सचिवले निर्णय पुस्तिकामा जनाइ बैठकमा उपस्थित सबै सदस्यहरूको सहीछाप गराउनु पर्नेछ ।
(६) आयोगको निर्णय सचिवले प्रमाणित गर्नेछ ।
(७) आयोगको बैठक सम्बन्धी अन्य कार्यविधि आयोग आफैले निर्धारण गरे बमोजिम हुनेछ ।